वीरगञ्जका टोल–बस्तीमा पुगेर स्थानीयका समस्या बुझ्दै सुधीर पटेल

NEWS DESK
२०८३ कार्तिक १८, बुधवार १९:१७ बजे

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले स्थानीयवासीसँगको भेटघाट तथा संवादलाई निरन्तरता दिएका छन् ।

यसैक्रममा पटेलले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार टोल पुगेर स्थानीयसँग भेटघाट तथा छलफल गरेका हुन् । भेटका क्रममा उनले स्थानीयवासीका समस्या, गुनासा, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए ।

छलफलमा टोलको विकास, पूर्वाधार निर्माण, सरसफाइ, खानेपानी, सडक तथा दैनिक जनजीवनसँग जोडिएका विषय उठेका थिए ।

स्थानीयका वास्तविक समस्या बुझ्न टोल तथा बस्तीमै पुगेर उनीहरूका कुरा सुन्न आवश्यक रहेको पटेलले बताए । उनले आगामी दिनमा पनि वीरगञ्जका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयसँग भेटघाट र संवादलाई निरन्तरता दिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्