रूखबाट खसेर बारामा ६४ वर्षीय वृद्धको मृत्यु

NEWS DESK
२०८३ कार्तिक १८, बुधवार १८:५० बजे

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रूखबाट खसेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। बुधबार बिहान आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रूखमा चढेर स्याउला काट्ने क्रममा उनी अचानक खसेर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार रूखबाट खसेर गम्भीर घाइते भएका थिङलाई तत्काल उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक विनोद राज खत्रीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्