सर्लाही । सर्लाहीस्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटबाट तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।


तपाईको प्रतिक्रिया !