पर्सामा अदालतबाट सजाय तोकिएका ११ फरार प्रतिवादी पक्राउ

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार १८:३९ बजे

वीरगञ्ज, १७ कात्तिक । पर्सा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चेक अनादर (बैंकिङ कसुर) मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका जिराभवानी गाउँपालिका–३ (साविक जितपुर गाविस) निवासी करिब ५० वर्षीय पारसनाथ दास थारुसहित विभिन्न मुद्दाका ११ जना रहेका छन्।

उनीहरूलाई कात्तिक १६ गते पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सोमबार पर्सा जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

अदालतबाट फैसला भई सजाय कार्यान्वयन हुन बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्