अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ श्रावण ३, मंगलवार १८:४२ बजे

बिरगंज। उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर  तराईका कतिपय जिल्लामा र एसपीहरूले घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकृत्ति व्यापक छ ।

सिरहा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा सशस्त्र प्रहरीका घुमुवाकै मिलेमतोमा तस्करी बढीरहेको छ । सप्तरी जिल्लामा एसपी प्रदिप खड्काले १० जना बढी घुमुवा परिचालन गरेका छन् । सहायक हवल्दारहरू सन्तोष प्रणामी, अशोक पेक्रा, अजय शाह छन् । जवानहरू अर्जुन यादव, सजीव मण्डल, प्रवीन्द्र खेरबार, मनोज चौधरी, कमलेश यादवलगायतलाई विभिन्न नाकामा खटाएका छन् ।

त्यसबाहेक सशस्त्र प्रहरी जवान – ईमाम आलम र वरिष्ठ हवल्दार अशोक साहले मधेस प्रदेशको छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरको घुमुवाको रुपमा काम गर्दै आएको स्रोत बताउँछ ।

सिरहाको अवस्था पनि त्यस्तै छ । एसपी रमेशकुमार थापाको प्रत्यक्ष संलग्नतामा विभिन्न नाकाबाट तस्करी मौलाएको छ । सिरहाका ठाडी, माडर लगायतका ठाउँबाट तस्करी बढेको हो । महोत्तरी जिल्लाको सम्सी नाकामा पनि सशस्त्र प्रहरीकै घुमुवाको सेटिङ चलेको छ ।

बारा, पर्सा, सर्लाहीलगायतका जिल्लामा पनि विभिन्न बहानामा गणपतिहरुले घुुमवा परिचालन गरिरहेको स्रोत बताउँछ । सभार : दृष्टिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय