डिएसपी यादवको सक्रियतामा स्रोत नखुलेको ३६ लाखसहित दुई जना पक्राउ।



सर्लाही – ३१ साउन। बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् ।

उनीहरुको साथबाट २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको एक थान सुनको सिक्री र एक थान ब्रास्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट डिएसपी उमाशंकर प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज