बिरगंज , २ भदौ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर-१० बिरगंज पर्साको आयोजनामा फेरि भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न भयो ।
आज साझ ६:३० बजे सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा १८ महिना देखि कार्यरत प्रहरी नायब उपरीक्षक प्रलाद कार्कीको काठमाडौं सरुवा भएको छ । पर्सा जिल्लामा १८ महिने कार्यकालमा उहाले पुर्याउनु भएको योगदानको कदर गर्दै फेरि पनि भेटौला भनेर स्मरणीय क्षणलाई यादगार ताजा बनाउन यश कार्यक्रमको आयोजना गरेको अध्यक्ष खेतानले बताए ।
त्यसैगरि प्रहरी नायब उपरीक्षक प्रलाद कार्कीले सरुवा एक नियमित प्रक्रिया भएकोले आफुले नचाहेर पनि पर्साबाट काठमाडौं जान लागेको बताए ।
कार्कीले आफू पर्सामा आएदेखि नै यहाका जनताबाट पाएको माया, सहयोग र सदभावलाई आफुले कहिल्यै नबिर्सने बताए । कार्की पर्साबाट सरुवा भैइ बिपद व्यवस्थापन गुल्म सामाखुसी काठमाडौं जान लाग्नु भएको छ ।
फेरि भेटौला कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट , सामुदायिक सेवा केन्द्र छपकैया-२ का संरक्षक श्याम शर्मा , महेश सिंह धामी ,बिरगंज महानगर पालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मिया , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका सदस्य सुशील कदमिया , कैलास बजाज , सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार , प्रहरी चौकि आदर्शनगरका ईन्चार्ज प्रहरी सहायक निरीक्षक राम पर्दाथ साह , प्रहरी वरिष्ठ हवल्दार देवदत कुसवाह लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण दिलिप राज कार्कीले गर्नु भएको थियो ।