लागुऔषध नियन्त्रणमा पर्सा प्रहरीको सक्रियता : १३ किलो चरेससहित तीन जना पक्राउ।



धर्मेन्द्र प्रसाद यादव – ३० भदौ । पर्सा प्रहरीले ठूलो परिमाणको लागु औषध चरेससहित तिन जना महिलाहरुलाई पर्सागढीबाट बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी – ८ का ४२ वर्षिय कल्पना मोक्तान , सोही स्थानका ३६ वर्षिय कबितामाया बल र २३ वर्षिय रिता बिश्वकर्मा रहेकी छन् ।

अटोमा सवार कल्पना मोक्तानले बोकेको झोलाबाट ८ के.जी ६९० ग्राम चरेश र कबितामाया बलले बोकेको झोलाबाट ५ के. जी ११० ग्राम चरश गरी कुल उनीहरुको साथबाट १३ किलो ८०० ग्राम लागुऔषध चरेस बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत अस्थाई प्रहरी पोस्ट मनवाबाट खटिएको टोलीले पर्सागढी नगरपालिका  – २ बागवाना स्थित सडकखण्डमा जितपुरबाट मनवातर्फ जादै गरेको ना २ ह ३१८६  नम्बरको सार्वजनिक अटोलाई रोकि कानुनी रित पुरयाइ चेकजाँच गरि लागु औषध चरेश सहित  गाडीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज