असई बडाबाबु यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित



जनकपुरधाम । प्रहरी बृत्त स्वयम्भू काठमाण्डौ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बडाबाबु यादव २०७९ सालको असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनको कामको कदर गर्दै भदौ ३० गते बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

विभागिय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अबैध रुपमा भारतबाट चोरी निकासी पैठारी गरी ल्याउदै गरेको अवैध मालसमानहरु नियन्त्रण,फरार प्रतिवादीहरु पक्राउ गरी दाखीला गरेको र अवैध हातहतियार समेत बरामद गरी अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यको उच्च मुल्याङ्कन गरि प्रहरी सहायक निरीक्षक (असई) बडाबाबु यादवलाई  उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले असई यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कदर पत्र सहित सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज