बिरगंज – ३० भदौ । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा. वडा नं. ३ छप्कैया निवासी ३१ वर्षिय ओजिर अंसारी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.३ आदर्शनगर पानीट्याङकी स्थित सडक खण्डनमा संकाष्पदरूपमा पैदल हिंडिरहेका अंसारीलाई चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफिन ११०० एम्पुल, डाइजोपम ११०० एम्पुल र फेनारगन ११०० एम्पुल गरी जम्मा ३३०० एम्पुल फेला परेको हुँदा निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका अंसारीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया!