अमेरिकी राष्ट्रपतिको आरोप – रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गर्‍यो



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले निर्लज्ज रूपमा संयुक्त राष्ट्रसंघको मूल सिद्धान्तको उल्लङ्घन गरको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।



उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरे ।



बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताए ।

यसले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धिको हस्ताक्षरकर्ताको रूपमा आफ्नो राष्ट्रको जिम्मेवारीहरूको लागि लापर्बाही देखाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज