आज एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल



काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।



एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी उनी पार्टी प्रवेश गर्न लागेको बताइएको छ । खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।



प्रहरीमा बहालमा रहँदा खनालको निकै लोकप्रियता रहेको थियो । अवकाश पछि भने सांसद अपहरण प्रकरणमा जोडिएर उनी विवादमा तानिएका थिए । खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज