तनहुँमा रोचक बन्दै चुनाव, रामचन्द्र पौडेलसँग एमालेको तर्फबाट पूर्ण गुरुङ भिड्ने !

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ६, बिहिवार ०३:२८ बजे

काठमाडौं। नेपाल तरुण दल चार नम्वर प्रदेशका प्रमुख तथा काँग्रेस महाधिवेशन प्रतिनिधि पूर्ण गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् ।

बुधवार बालकोटस्थित ओली निवासमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा ओली र गुरुङबीच भेटवार्ता भएको वताइएको छ ।



आसन्न प्रतिनिधीसभाको चुनावमा कांग्रेसभित्र टिकटको बिषयमा लफडा भइरहेको बेला गुरुङलाई एमाले अध्यक्ष  ओलीले बोलाएर तनहुँ क्षेत्र नम्वर १ बाट चुनाव लड्न आग्रह गरेको स्रोतको भनाइ छ।



कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी एमाले समर्थनमा चुनाव लड्ने चर्चाका बीच गुरुङसँग समेत  ओलीले सम्वाद गरेपछि तनहुँमा चुनाबी माहोल रोचक बन्ने देखिएको छ। ।

भावी टिकट वितरण र चुनावी सहकार्यबारे कुरा भएको गुरुङले बताएका छन् ।

तनहुँ क्षेत्र नम्वर १ मा कांग्रेसका नेता रामचन्द्र पौडेललाई समाजबादीका नेता किसान श्रेष्ठले छाड्ने वताइसकेका छन्।

एमालेले पूर्ण गुरुङलाई टिकट दिने पक्का भयो भने गुरुङ तरुण दलका हजारौ कार्यकर्ताहरुसहित एमाले प्रवेश गरी फेरी रामचन्द्र पौडेलसँग भिड्ने अवस्था देखिएको तरुण दलकै एक नेता वताउँछन्। गुरुङ यसअघि पौडेलसँग बागी बनेर चुनाव लड्दा करिब पाँच हजार मत ल्याएका थिए।

गुरुङ एमालेबाट चुनाव लडे भने कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि समर्थन गर्ने बुझिएको छ। यो हिसाबले पनि उनले पौडेलसँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ। कांग्रेस र युवा कार्यकर्ताहरुमाझ लोकप्रिय रहेका गुरुङको तनहुँमा ठुलो पकड रहेको हुँदा पनि ओलीले गुरुङलाई नै रोज्न लागेको तनहुँ कांग्रेसका एक नेता वताउँछन्।

गुरुङ कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीका विश्वासिला नेता पनि हुन।

तर, कांग्रेसले गुरुङजस्ता पार्टीमा पकड भएका युवाहरुलाई उपेक्षा गरिरहेको बेला एमालेले समयमै निर्णय गर्‍यो भने तनहुँ कांग्रेसमा ठुलो उथलपुथल हुने देखिन्छ।

यता,एमाले अध्यक्ष ओलीले आजै पूर्व आईजीपी सर्वेन्द्र खनाललाई पनि एमालेमा प्रवेश गराउँदै छन्। खनाल पनि तनहुँबाट चुनाव लड्ने चर्चा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्