वीरगंज – २६ असोज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ०१ जगतिया चौक बाट मंगलबार बिहान प्रहरीले ९ किलो ३०० ग्राम अबैध लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धोबिनी गाँउपालिका वडा नं ५ निवासी ४५ वर्षिय नन्दलाल दास र छिपहरमाई गाँउपालिका वडा नं ३ निवासी ३३ वर्षिय बाघा यादव रहेका छन।
ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरिक्षक प्रकाश महतोको नेतृत्वमा खटेको टोलीले वडा नं १ जगतिया चौक स्थित बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रम्मा विजयवस्तीबाट बीरगञ्ज तर्फ जादै गरेको BR 22 K 2180 नम्बरको हिरो होण्डा स्प्लेंडरको डिकी भित्र र मो.सा. चालक नन्दलाल दासले पिठ्युमा भिरेको झोला भित्र अवैध लागु पदार्थ (गाँजा) सहित फेला पारी दासलाई पक्राउ गरेको थियो ।
लागु औषध गाजाँ सहित पक्राउ परेका दास संग सो सम्बन्धमा सोधपुछ गर्दा उक्त लागु औषध निजकै साथी बाघा यादवले दिएको हो भनी बताएकोले सोही समयमा निज बाघा यादव समेत सो स्थानमा आई पुगेकोले निज बाघा यादवलाई सोधपुछ गर्दा हामी दुवै जना मिली ल्याएको हो प्रारम्भिक अनुसन्धानमा बुझिएको हुँदा उक्त अवैध लागु औषध (गाँजा) वसार पसारमा संलग्नता देखिएको हुँदा दुवै जनालाई कानुनी रीत पुर्याई लागु औषध बोक्न प्रयोग रहेको उल्लेखीत मो.सा. र गाँजा बरामद तथा निजहरूलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिनु भयो ।