अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै पाँच एसएसपीसहित २१ प्रहरी अधिकृत सर्वोच्चमा



काठमाडौं । अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै २१ प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

३० वर्षे सेवाहदका कारण १५ भदौदेखि अवकाशमा जान लागेका नेपाल प्रहरीका पाँच एसएसपीसहित २१ जनाले रिट दायर गरेका हुन् ।

रिट दायर गर्नेमा पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्सपेक्टर छन् । एसएसपीहरूमा जीवन कुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, वेलबहादुर पाण्डे र रबिन्द्र रेग्मी छन् ।

त्यस्तै, एसपीहरु कृष्ण प्रसाई, अवदेश विष्ट, लक्ष्मीराज अधिकारी, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी र नरेन्द्र कार्की रहेका छन् ।

सर्बोच्च पुग्ने डिएसपीहरुमा श्रीराम भण्डारी, भोजराज पाण्डे, गोविन्द पन्थी, दलराम टमटा, अनिल कुमार उप्रेती, सुजित कुमार ओझा र जयराम वन्त छन् ।

त्यस्तै, इन्सपेक्टरहरू जगत दमाई, नरपति भट्ट र मेघनाथ चापागाई पनि २१ जनाको टोलीमा छन् ।

करिब ५० वर्षको उमेरमै अवकाश दिन लागिएको भन्दै उनीहरुले सो प्रावधान हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।

उनीहरुको रिट बुधबार सर्बोच्चमा दर्ता भएको छ । आगामी १५ साउनदेखि डिआइजी विष्णु कुमार केसीसहित नेपाल प्रहरीका करिब एक सय अधिकृतले एकैपटक अवकाश पाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज