प्रेसमाथि अँकुश लगाउँदै धनुषा प्रहरी, समाचार लेखेकै निहुमा मुद्दा



जनकपुरधाम । धनुषा प्रहरीमा प्रहरी प्रमुख भुवनेश्वर तिवारी आएपछि प्रेसमाथि अँकुश लगाउने प्रयास पटक पटक गरिएको छ ।

नेपाल भारत सीमाबाट हुने तस्करीमा भूमिका खेल्दै आएका धनुषा प्रहरीले तस्करीकै समाचार लेखेपछि पटक पटक मुद्दा गरेर प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने प्रयास गरिएको हो ।

सीमानाकाबाट हुने तस्करीमा सँलग्न प्रहरीको बारेमा समाचार लेखेपछि जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका कनिष्ट दर्जाका प्रहरीले मिडिया, पत्रकारमाथि मुद्दा हालेका हुन् ।

केही महिना अगाडी न्यूज ब्यूरोमा एक हबल्दारको समाचार प्रकाशित भएपछि एसपी भुवनेश्वर तिवारीको प्रत्यक्ष ईसारामा न्यूज ब्यूरोका सम्पादक काशिन्द्र शर्मामाथि गाली बेईज्जतीको मुद्दा जिल्ला अदालत धनुषामा दायर गरियो ।

अन्यत्रै जिल्लामा दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सवारी चालक आजाद प्रसाद यादवले १४ बर्षदेखि एउटै ठाउँमा कार्यरत रहेको सन्दर्भमा समाचार प्रकाशित भएपछि उनले एसपी तिवारीको निर्देशनमा मुद्दा दायर गरे । तथ्यहरुमा कुनै प्रकारको गाली बेईज्जत नभएपनि एसपी तिवारीको निर्देशनमा गाली बेईज्जतिको मुद्दा दायर गरियो । अहिले जिल्ला अदालत धनुषामा सो मुद्दा चलिरहेको छ ।

यस्तै, केही दिन अगाडी जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय औरहीका बरिष्ठ सई आदित्य सिँह सम्बन्धी समाचार प्रकाशित भएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका छन् । उनले पनि गाली बेईज्जतिको मुद्दा दायर गरेका छन् ।

मधेश प्रदेशका तत्कालिन डिआईजी यज्ञ विनोद पोखरेलको बलबुतामा उनले न्यूज ब्यूरोका धनुषा संवाददाता अभिनय कुमार मिश्र, सम्पादक काशिन्द्र शर्मा र स्ट्रीन्जर शम्भु पण्डितमाथि गाली बेईज्जतिको मुद्दा दायर गरेको हो । समाचारमा तस्करी सम्बन्धी तथ्यहरु प्रकाशित भएपनि सिँहले डिआईजीको भरमा तीन पत्रकारमाथि गाली बेईज्जतिको मुद्दा दायर गरेका हुन् । समाचारमा स प्रमाण तथ्यहरु उल्लेख छन् भने प्रकाशित तथ्यको सबै प्रमाण स्रोत न्यूज ब्यूरोसँग सुरक्षित छ ।

बरिष्ठ सई आदित्य कु सिँहको दरबन्दी उच्च अदालत जनकपुरधाममा रहेको छ । उनलाई सीमा तस्करीबाट हुने रकम असुलीको लागि सो ठाउँमा पोष्ट गरिएको बताईन्छ ।

 

बरिष्ठ सई आदित्य सिँहले समेत एसपी तिवारीको निर्देशनमा मुद्दा दायर गरेका हुन् । न्यूज ब्यूरोमै अन्य नाकाको समाचार प्रकाशित भएपछि अन्य प्रहरीहरु जिल्ला तानिएपनि सई आदित्य सिँहलाई भने एसपी तिवारीले उन्मुक्ति दिएका हुन् ।

औरही ईलाका प्रहरी कार्यालय अन्तर्गत पर्ने विभिन्न नाकाबाट प्रहरीकै मिलोमत्तोमा हुने तस्करीको सन्दर्भमा समाचार लेखेपछि मुद्दा दायर गरी प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने प्रयास गरिएको हो ।

न्यूज ब्यूरो र सम्पादक काशिन्द्र शर्मालाई तह लगाउने योजना स्वरुप जिल्ला प्रहरी कार्यालय धनुषामा दलाली गर्दै आएका केही नक्कली पत्रकारहरुले प्रहरीलाई सघाउँदै आएका छन् । मुद्दा दायरको लागि उनीहरुले सघाउँदै आएका छन् ।

यस सन्दर्भमा सम्पादक शर्माले न्यूज ब्यूरो र आफूविरुद्ध यहाँका प्रहरी र केही पत्रकारहरुले गरेको तुच्छ गतविधिबाट नतर्सिने प्रतिक्रिया दिए । उनले यस्ता दर्जनौ मुद्दा चलिरहँदा नडरिएको बताउँदै यस्ता साना तिना मुद्दाले नतर्सिने बताए ।

मधेश प्रदेशबाट डिआईजी यज्ञ विनोद पोखरेलको सरुवा भएको छ भने नयाँ डिआईजीमा लालमणि आचार्य आउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज