पर्सामा रविको बयान सकियो, बुधबार पोखरा फिर्ता पठाइने



वीरगंज । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगन्ज  पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

मंगलबार साँझ ४ बजे बयान लिने कार्य सकिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार  सम्भवतः रविलाई भोलि बुधबार पोखरा फिर्ता पठाइनेछ।

लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो। सोमबार उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं, त्यसपछि सिमरा र अन्त्यमा स्थलमार्गबाट वीरगन्ज पुर्‍याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज