नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विश्व अधिकारी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज