सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरी हवल्दार घाईते



सर्लाही । सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएको छ । मापसे चेकिङका क्रममा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि नै आक्रमण भएको हो ।

प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको छ ।

राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए।

सोही क्रममा उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनको हाल न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज