वीरगंज । पर्सा ट्राफिक प्रहरीद्वारा रातको समयमा सडक सुरक्षालाई मध्यनजर गर्दै महत्वपूर्ण कदम उठाइएको छ। ट्राफिक प्रहरी टोलीले उखु बोकेको ट्याक्टरलाई रोकी चालकहरूलाई सवारीको पछाडि टल्किने स्टिकर अनिवार्य रुपमा राख्न निर्देशन दिएको छ।
यो कदम रातको समयमा सवारी साधनहरूलाई सजिलै चिन्ने र दुर्घटनाको जोखिम कम गर्नका लागि उठाइएको हो। ट्राफिक प्रहरीले चालकहरूलाई स्टिकरको महत्त्व बुझाउँदै सवारी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
यो कार्यले सडकमैत्री वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया!
