वीरगंज । वीरगंजमा ध्रुव कान्ति सप्लायर्सद्वारा आयोजित “बिक्रेता र मिस्त्री भेटघाट तथा वनभोज कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य प्लम्बर, मिस्त्री, तथा डिलरहरूलाई एकै ठाउँमा भेला गराई उनीहरूबीच पेशागत अनुभव आदान-प्रदान गराउने तथा आधुनिक पाइप फिटिङ तथा निर्माण सामग्रीबारे विस्तृत जानकारी दिने रहेको थियो।
कार्यक्रममा डिलरहरूलाई उनीहरूको उत्कृष्ट व्यवसायिक योगदानका लागि सम्मानित गरियो भने प्लम्बर तथा मिस्त्रीहरूलाई उत्कृष्ट कार्य प्रदर्शनका आधारमा पुरस्कृत गरियो।
आयोजक ध्रुव कान्ति सप्लायर्सले यस किसिमका कार्यक्रमहरूले व्यवसायिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको मुख्य आयोजक ध्रुव कान्ति सप्लायर्स रहेका थिए भने सह-आयोजकहरूमा नुप्लाष्ट इन्डस्ट्रिज प्रा.लि., ध्रुव कान्ति ग्रुप एण्ड कम्पनी प्रा.लि. (कान्ति पाइप्स) र ड्रीमवेयर इन्डस्ट्रिज प्रा.लि. रहेका थिए।




तपाईको प्रतिक्रिया !