डिएसपी कटुवालको नेतृत्वमा पोखरियामा ५०० लिटर अवैध मदिरा र उत्पादन उपकरण नष्ट



वीरगंज । पर्साको पोखरिया–२ डामरापुर नेटुईया टोलामा सञ्चालन हुँदै आएको अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पोखरियाका डिएसपी शम्भु कटुवालको नेतृत्वमा छापा मारिँदा करिब ५०० लिटर घरेलु मदिरा, ६०० लिटर कच्चा पदार्थ सहित उत्पादनका उपकरण नष्ट गरिएको छ।

डिएसपी कटुवाल तथा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको संयुक्त टोलीले स्थानीय बस्ती नजिकै लुकी–छिपी सञ्चालन भइरहेको जानकारी पाएपछि सो क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको थियो। संयुक्त टोलीले ठूलो मात्रामा मदिरा, कच्चा पदार्थ बरामद गर्नुका साथै उत्पादनमा प्रयोग भएका भठ्ठी, भाँडाकुँडा तथा अन्य सामग्री नष्ट गरी अवैध गतिविधिमा पूर्ण रूपमा रोक लगाएको हो।

अवैध मदिरा नियन्त्रण अभियानलाई आफूले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको डिएसपी कटुवालले बताए। “जनस्वास्थ्यमा जोखिम पुर्‍याउने यस्तो अवैध मदिरा उत्पादनलाई कुनै हालतमा छुट दिन्नौं। संलग्न जो कोहीमाथि कडाभन्दा कडा कारबाही हुन्छ,” उनले चेतावनी दिए।

उनका अनुसार स्थानीय क्षेत्रलाई अवैध घरेलु मदिराको प्रभावबाट मुक्त बनाउन प्रहरी निरन्तर गस्ती, सूचनाको अनुगमन र लक्ष्यित अपरेशन गरिरहेको छ।

स्थानीयवासीहरूले लामो समयदेखि लुकी–छिपी मदिरा उत्पादन हुँदै आएको भन्दै त्यसले समाजमा नकारात्मक असर परेको बताए। अवैध केन्द्र हटाइदिन सफल प्रहरी टोली, विशेष गरी डिएसपी कटुवालको सक्रियताप्रति उनीहरूले धन्यवाद व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज