पोखरिया प्रहरी प्रमुख पौडेलको नेतृत्वमा गाँजा सहित भारतीय नागरिक पक्राउ



वीरगंज । इलाका प्रहरी कार्यालय पोखरिया, पर्साका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिति २०८२/०९/०९ गते दिउँसो करिब २:१५ बजे, इलाका प्रहरी कार्यालय पोखरिया तथा जानकीटोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–२ क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी तलासी लिएको थियो।

तलासीका क्रममा मोटरसाइकल चालक भारत, बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्ला, ग्राम पञ्चायत नरकटिया–११ निवासी लक्ष्मी साहका छोरा अन्दाजी २६ वर्षीय सुमित कुमारको शरीरमा प्लास्टिकले बेरी राखिएको ३ किलो १२० ग्राम गाँजा जस्तो लागुऔषध (प्लास्टिकसहित) तथा भारु २६ हजार ५ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषध, नगद रकम र मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वपछि पोखरिया क्षेत्रमा लागुऔषध ओसारपसारविरुद्धको अभियानलाई थप कडा बनाइएको र नियमित चेकजाँचका कारण यस्ता अवैध गतिविधि नियन्त्रणतर्फ उन्मुख भएको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज