नेपाल प्रहरी ६७ जना डीएसपीको सरुवा



काठमाडौँ । नेपाल प्रहरीका ६७ जना डीएसपीको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले आइतबार राति डीएसपी सरुवाको निर्णय गरेका हुन् । काठमाडौँ उपत्यकाको ६ वटा वृत्तका इन्चार्ज फेरिएका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा नवराज पोखरेल, वृत्त लैनचौरमा पुरुषोत्तम खड्का, बालाजुमा यमलाल बञ्जाडे, नयाँ बानेश्वरमा राजकुमार सिंह र चापागाउँमा शिला थापालाई सरुवा गरिएको छ । प्रहरी वृत्त जनसेवामा चन्द्रबहादुर थापालाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवामा अशोक थापालाई पठाइएको छ । लमजुङमा जितेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय सिमरामा दिलीप क्षेत्री, इलाका प्रहरी कार्यालय बुटवलमा निशान्त श्रीवास्तव, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निशेष चापागाईं र पश्चिम रुकुममा बेदबहादुर पौडेललाई सरुवा गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा वीरेन्द्र गोदार, दोलखामा मनोजकुमार लामा र  तेह्रथुममा लक्ष्मण ओलीलाई सरुवा गरिएको छ । केन्द्रीय कारागारस्थित नेपाल प्रहरी अनाश्रित गुल्ममा शैलेश न्यौपाने र इलाका प्रहरी कार्यालय गजुरीमा सुरज कार्कीलाई सरुवा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज