सुदिल पटेलको पहलमा गुलरिया फिल्डको विकासका लागि पहल तीव्र, गृहमन्त्रीका सल्लाहकार मदन खत्रीद्वारा स्थलगत अनुगमन

न्यूज डेस्क
२०८३ कार्तिक १०, मंगलवार १८:४४ बजे

वीरगञ्ज, १० कार्तिक। पर्साको धोबीनी गाउँपालिका–३ स्थित गुलरिया फिल्डलाई व्यवस्थित, स्वच्छ तथा बहुउद्देश्यीय स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित धोबीनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुदिल पटेलले अघि बढाएको पहलले गति लिन थालेको छ। गुलरिया फिल्डको आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका लागि कार्ययोजना तयार गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङका सल्लाहकार तथा GenZ नेता मदन खत्रीले फिल्डको स्थलगत अनुगमन गरेका छन्।

सुदिल पटेलको पहलमा अघि बढाइएको उक्त अभियानअन्तर्गत गरिएको अनुगमनका क्रममा फिल्डको वर्तमान अवस्था, आवश्यक व्यवस्थापन, खेलकुदका लागि चाहिने पूर्वाधार तथा स्थानीय युवाहरूका लागि उपयोगी हुने सम्भावनाबारे स्थलगत रूपमा जानकारी लिइएको बताइएको छ।

गुलरिया फिल्डलाई व्यवस्थित रूपमा विकास गर्न सके स्थानीय खेलकुदको प्रवर्द्धनसँगै युवाहरूको प्रतिभा प्रस्फुटन, सामाजिक गतिविधि तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालनका लागि समेत महत्वपूर्ण स्थानका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ। यसका लागि आवश्यक पूर्वाधार निर्माण र फिल्डको उचित व्यवस्थापनमा जोड दिइएको छ।

स्थानीय स्तरमा खेलकुद र युवामैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित सुदिल पटेलले अघि बढाएको यस पहलले गुलरिया फिल्डको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ। फिल्डलाई व्यवस्थित र बहुउद्देश्यीय बनाउने योजनाले स्थानीय युवाहरूलाई खेलकुदमा सहभागी हुन तथा आफ्नो प्रतिभा देखाउन थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

“विकासका कुरा भाषणमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ” भन्ने मान्यतासहित अघि बढाइएको यस पहललाई सफल बनाउन स्थानीय समुदाय, युवा तथा सरोकारवाला सबैको साथ, सहयोग र सकारात्मक भूमिका आवश्यक रहेको बताइएको छ।

गुलरिया फिल्डको विकास र व्यवस्थापनका लागि सुदिल पटेलको पहलमा सुरु भएको प्रयासले आगामी दिनमा ठोस रूप लिने र यस क्षेत्रको खेलकुद तथा सामुदायिक गतिविधिलाई थप व्यवस्थित बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्