राष्ट्रपति भण्डारीले सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने



काठमाडौं, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा सम्बोधन गर्ने भएकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिनको ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज