स्वर्गीय बुबाको सम्झनामा बुहारी देव कुमारी चौधरीद्वारा गरिब बिद्यार्थीहरुलाई राहत बितरण

बीरगंज एक्सप्रेस
२०७८ श्रावण ५, मंगलवार १४:४१ बजे

 

सप्तरी । सप्तरीको श्री राष्ट्रिय आधारभुत विद्यालय सुरुङ्गा -८ महुलियाका गरिब बिद्यार्थीहरुलाई समाजसेवी देव कुमारी चौधरीले राहत बितरण गरेका छन् ।

बुबा बिधालय ब्यबस्थापन समितिको पुर्ब अध्यक्ष स्वर्गीय श्री चुनचुन चौधरीको सम्झनामा बुहारी देव कुमारी चौधरी एबम स:परिबारले २६ जना गरिब बिद्यार्थीहरुलाई एक बोरा चामल ,दाल,नुनतेल,माक्स बितरण गरेका हुन् ।

प्रधानाध्यापक श्री नरसिंह चौधरी,वडा सदस्य श्री महिकर चौधरी र महिला वडा सदस्य श्रीमती पबनी देवि चौधरी, विद्यालयको वयवस्थापन समिती को अध्यक्ष श्री तिज नारायण दास साथमा लालबहादुर सरदार उपस्थितिमा राहत सामाग्री बितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्