विभिन्न पार्टी परित्याग गरि करिब ५०० जना नेपाली काङ्ग्रेसमा प्रवेश ।



बिरगंज , ४ भदौ । विभिन्न पार्टी परित्याग गरि करिब ५०० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।

कालिकामाइ गाउँ पालिका वडा न.३ हरिहर पुर बिर्तामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल रहनु भएको थियो ।

बिशिस्ट अतिथिमा पुर्व मन्त्री अजय कुमार चौरासीया, नेपाली काङ्ग्रेस पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , नेपाली काङ्ग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ , जिल्ला सह-सचीव नवीन सिंह ,जिल्ला पार्टी प्रवक्ता रमेश पान्डेय,क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

वडा सभापति राम आशिष प्रसाद बरैको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो भने नेकपा एमाले बाट वडा अध्यक्षको उमेदवार राजेश प्र. कुर्मीको नेतृत्वमा १३३ जना ,जसपा जिल्ला सदस्य तबरेज आलमको नेतृत्वमा ६४ जना, सुशासन पार्टी जाकिर मियाको नेतृत्वमा २३ जना नेपाली काङ्ग्रेसमा पर्टी प्रवेश गरेका थिये भने २२० जना विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।

उक्त कार्यक्रमको संचालन क्षेत्रीय सचीव बलिष्टर अहमदले गर्नु भएको थियो। सो कार्यक्रमको जानकारी बिरगंज महानगर पाकिकाका उप प्रमुखको प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज