पूर्व वडा अध्यक्ष एवंम कांग्रेसका प्रभावशाली नेता सुकदेव राउत अहिर एमालेमा प्रवेश



वीरगंज । बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष एवंम नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता सुकदेव राउत अहिर सहित पूर्व वडा सदस्य मठा चमार नेकपा एमालेमा प्रबेश गरेका छन् ।

पोखरिया नगरपालिकाको वडा नं ७ रानीगंज स्थित घरदैलो कार्यक्रममा उहाँहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ता गम्छा अबिर लगाई पार्टीमा स्वागत गर्नु भएको हो ।

उक्त कार्यक्रममा नकेपा एमालेका नेता शिव पटेल , हनीफ अंसारी , संजिव मिश्रा , कृष्णा कुशवाहा , धीरज चौरसिया , प्रमोद कुशवाहा , विधाचल ठाकुर , बबलू गुप्ता , विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज