तनहुँ–१ मा एमालेबाट पूर्व आईजीपी खनालसहित ६ जनाको नाम सिफारिस



काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको हो । यसअघि उक्त क्षेत्रमा स्थायी कमिटी सदस्य किरण गुरुङले उठ्ने चाहना राखेका थिए ।



उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन् । पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ ।



मंसिरको निर्वाचनमा काठमाडौँ–६ बाट पूर्व आईजीपी खनाल हारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज