प्रधानमन्त्री प्रचण्डको आग्रह – एसईईलाई व्यवस्थित र भयरहित बनाउनू



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन् ।



उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।



एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ। देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज