ड्यूटीमा खटिएका प्रहरी हवल्दार खोलामा खसेर बेपत्ता

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार ११:०३ बजे

डोल्पा । डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशिराम रेग्मी बेपत्ता भएका हुन् ।



वरिष्ठ हवल्दार रेग्मी काईगउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।



मुड्केचुला गाउँपालिका –१ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको छ ।

बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोशीरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्