नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे हुने



काठमाडौं । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ ।

राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीका लागि शपथको समय तोकेको हो।



गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।



सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

यसअघि आज बिहान मन्त्रिपरिषद विस्तार र शपथग्रहणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

सत्ता गठबन्धन दलभित्र कांग्रेसले ८, माओवादीले ५,जसपा र नेकपा एकीकृत समाजवादीले २-२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक-एक मन्त्रालय दिने सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज