नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार १३:०७ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबारसम्ममा नेपाल आईपुग्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)  दिएको १५ दिनको छुट्टी सकेर उनी नेपाल फर्कन लागेका हुन् ।



आईसीसी विश्वकप लिग टू मा नेपालले सानदार प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा स्थान बनाएपछि क्यानले मुख्य प्रशिक्षक तथा खेलाडीलाई छुट्टी दिएको थियो ।



बिदामा देशाई परिवार भेट्न भारत गएका थिए । खेलाडीहरु आफ्नो परिवार भेट्न आआफ्ना घर गएका थिए ।

नेपाल वैशाख ५ गतेबाट १८ गतेसम्म एसियन क्रिकेट काउन्सिल (सीसी) को आयोजनामा हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्