पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या, एक घाइते



एजेन्सी । पाकिस्तानमा हिन्दू धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ ।

आफ्नो क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।



कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



यस्तै डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सलाई पनि गोली लागेको छ । उनको उपचार भइरहेको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज