हार स्वीकार्न नसकेपछि अनावश्यक रुपमा बुथ कब्जा गरेको हल्ला चलाए : प्रदीप यादव



काठमाठौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जनमत पार्टीका कार्यकर्ताले उपनिर्वाचनमा बारा–२ मा बुथ कब्जाको अनावश्यक हल्ला चलाएको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद यादवले उपनिर्वाचनमा कुनै धाँधली नभई स्वच्छ किसिमले निर्वाचन सम्पन्न भएको बताए ।

सांसद यादवले जममत पार्टीका अध्यक्ष डा. सिके राउतले बुथ कब्जा गरि जिताएको भनि लगाईएको आरोप झुटो भएको दावी गरे ।

यादवले चुनाव हारेर पनि अन्य दलले हार स्वीकारेपनि जममत पार्टी स्वीकार गर्न नसकेको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज