पर्साको मिर्जापुरमा महाशिवरात्रि अवसरमा भेडाको कुस्ती प्रतियोगिता सम्पन्न

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
धर्मेन्द्र प्रसाद यादव
२०८१ फाल्गुन १४, बुधवार १५:३३ बजे

वीरगंज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-१, मिर्जापुरमा महाशिवरात्रिको पावन अवसरमा परम्परागत भेडा कुस्ती प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा आयोजना गरिएको यस प्रतियोगिता हेर्न नेपाल तथा भारतका हजारौं दर्शकहरू उपस्थित भएका थिए।

परम्परागत रूपमा प्रत्येक वर्ष महाशिवरात्रिमा आयोजना गरिँदै आएको यो खेल स्थानीयवासीका लागि एक सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्वको रूपमा लिइन्छ। प्रतियोगिताका लागि भेडाहरूलाई विशेष तालिम दिइएको थियो, जसले गर्दा भिडन्तको क्रममा कुनै गम्भीर चोटपटक लाग्न नदिने गरी निगरानी समेत गरिएको थियो।

यस वर्षको प्रतियोगितामा नेपालका मिर्जापुर, वीरगंज, चिलझपटी, घोडदौडा, चरगाहा, देउरिया, पाण्डेपुर, दकैला बहुवरी र भारतको प्रसौनी, धनकुटवा, माधोपुर, डापटार, गोखुला, बेहरी, महेशपुर, डुमरा, बागहा, लौरिया, दाम्रापुर, भेडिहर्वा , बहुवरी , छपैनिया, बेतिया, डिके शिकरपुर, शिहपुर, कठियामठिया, देउरिया लगायतका स्थानहरूबाट एक सय भन्दा बढी भेडाहरू सहभागी भएका थिए। प्रतियोगिताका विजयी भेडा धनीहरूलाई २ हजारदेखि ५ हजार रुपैयाँसम्मको पुरस्कार वितरण गरिएको थियो।

प्रतियोगिताको उद्घाटन स्थानीय जवाहिर प्रसाद यादवले गरेका थिए भने पुरस्कार वितरण वडा अध्यक्ष कामेश्वर प्रसाद यादवले गरेका थिए। सो कार्यक्रममा , वडा सदस्य बिन्दाराम, पुर्व वडा सदस्य राजकिशोर यादव, सिकेन्द्र यादव, प्रेम यादव , बुनेला यादव, धर्मेन्द्र यादव, सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरी र नेपाल प्रहरी तथा नेपाल–भारतका दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय युवाहरू तथा जेष्ठ नागरिकहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका छन्। महाशिवरात्रिको अवसरमा आयोजना गरिने यो भव्य प्रतियोगिता धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्