जगरनाथपुरमा अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट सुरु



वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि “अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट” प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको वडा नं. ५ स्थित मेघराज उपाध्याय क्रिकेट खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको वीरगंज उपमहानगरपालिकाका उप–मेयर इमतियाज आलम र जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता र उप मेयर आलमको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, वडाध्यक्ष बिहारी महतो नुनिया, रामअयोध्या पटेल लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन खेल जगरनाथपुर गाउँपालिकाको वडा नं. २ र वडा नं. ६ बीच भइरहेको छ । प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका टिमहरूले सहभागिता जनाउने गाउँपालिकाका अधिकृत दया चौहानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज