पर्सा २: एमालेले रिमा यादवलाई प्रतिनिधि सभा उम्मेदवारमा टिकट दियो



वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी २९ वर्षिय  यादवलाई एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक रूपमा टिकट दिएको हो ।

एमालेका केन्द्रीय सदस्य विजय सरावगी तथा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव लगायत पार्टीका प्रभावशाली नेताहरूको समर्थनमा रिमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ ।

यसैगरी पर्सा क्षेत्र नं. १ मा पुर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई एमालले उम्मेदवार बनाएको छ ।

आईतवार राती जसपा परित्याग गरेर एमाले प्रवेश गरेका पुर्व मन्त्री यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि पर्सा १ मा एमाले टिकट दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर