प्रेसमाथि आक्रमण बढेको भन्दै ऋषि धमलाको चिन्ता, सरकारलाई प्रेस स्वतन्त्रता सम्मान गर्न सुझाव

NEWS DESK
२०८३ कार्तिक १४, शनिवार १८:३६ बजे

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सञ्चारकर्मीमाथि धरपकड गर्ने र सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्य लोकतन्त्रविरोधी भएको बताएका हुन्।

उनले नेपाली सञ्चारमाध्यम कसैको दबाबमा नझुक्ने उल्लेख गर्दै पत्रकार र सञ्चारगृहलाई त्रास तथा दबाबमा राख्ने प्रयास स्वीकार्य नहुने बताए।

आफू बालेन शाह नेतृत्वको सरकारको समर्थनमा रहेको स्पष्ट पार्दै धमलाले प्रेस स्वतन्त्रतामाथि असर पर्ने कुनै पनि गतिविधि नगर्न सरकारलाई सुझाव दिए।

लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्नेमा जोड दिँदै उनले सञ्चारकर्मीलाई निर्वाध रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्