बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का केन्द्रीय कार्यकारिणी सदस्य तथा बाराका पूर्वसांसद रामबाबु कुमार यादवले बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
शनिबार साँझ विज्ञप्ति जारी गर्दै पूर्वसांसद यादवले फेटा घटनाले मधेस र मधेसी जनताप्रति सरकार तथा गृह प्रशासनको व्यवहारमा रहेको दमनकारी प्रवृत्ति पुनः उजागर गरेको आरोप लगाएका छन्।
मधेसी जनताप्रति सरकारको विभेदपूर्ण र दमनकारी रवैया पटक–पटक देखिँदै आएको उल्लेख गर्दै उनले प्रहरीको गोलीबाट मधेसका नागरिक मारिने तथा गम्भीर घाइते हुने घटना निन्दनीय रहेको बताएका छन्।
यादवले फेटा घटनाले वर्तमान सरकारको सुशासनको नारामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्। रास्वपा सांसदको उपस्थितिमा अपूरो अस्पताल उद्घाटन गर्न खोज्दा गोली चल्ने, तोडफोड र आगजनी हुने अवस्था आउनुले सरकार शान्ति सुरक्षा कायम गर्न असमर्थ रहेको उनको आरोप छ।


तपाईको प्रतिक्रिया !