बिलबिजकबिनै भित्र्याइएको २५ लाखको सयपत्री माला सशस्त्र प्रहरीको नियन्त्रणमा

NEWS DESK
२०८३ कार्तिक १४, शनिवार १८:३३ बजे

विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब २५ लाख रुपैयाँ बराबरको सयपत्री फूलको तयारी माला सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले शनिबार उक्त माला नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार कुनै पनि बिलबिजकबिना भारतबाट ल्याइएको माला ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी भइरहेको अवस्थामा बरामद गरिएको हो।

बरामद गरिएको सयपत्री फूलको तयारी मालाको अनुमानित बजार मूल्य २५ लाख रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएको माला आवश्यक कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनीमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्