बारा प्रहरीका निरीक्षक प्रकाश खड्का असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १८:३० बजे

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक प्रकाश खड्का २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक खड्कालाई ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

उत्कृष्ट प्रहरी घोषित खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका छन्। सो अवसरमा प्रहरी उपरीक्षक कुँवरले खड्कालाई बधाई दिँदै आगामी दिनमा समेत जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका थिए।

प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको समर्पण तथा व्यावसायिक दक्षतालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप प्रेरित गर्दै संगठनको कार्यसम्पादन प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्