बाराको डुमरवानामा एक युवक मृत अवस्थामा फेला

NEWS DESK
२०८३ कार्तिक २१, शनिवार ०९:५७ बजे

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३० वर्षीय वीरेन्द्र माझीको शव विशेष आर्थिक क्षेत्र (सेज) स्थित खेतमा रहेको कुलोमा फेला परेको हो।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका माझी शुक्रबार साँझ घरबाट निस्किएको पारिवारिक स्रोतले जनाएको छ।

घटनास्थलमा नयाँ कपडासहितको झोलासमेत फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनापछि मृतककी श्रीमती सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्