नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट



काठमाडौं । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच अदालतमा रिट परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन्।



रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ ।



संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज