धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो



काठमाडौं । धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ । प्रमुख जिल्ला अधिकारीसँग शुक्रबार वार्ता गर्ने सहमति भएसँगै पृथ्वी राजमार्गको गजुरीमा भएको अवरोध खुला भएको हो ।

गजुरी गाउँपालिकाको वडा नम्बर १ गजुरी बजारमा विद्यालय हिँडेका ६ वर्षीय विजय परियारलाई गोरखा जाँदै गरेको बसले ठक्कर दिएको थियो ।



काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले बाटो काट्दै गर्दा जेब्रा क्रसिङमै ठक्कर दिँदा विजयको घटनास्थलमै मृत्यु भएको थियो ।



आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ । दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज