युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौँमा | Online Nepal



काठमाडौँ । युरोपेली संसदीय प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणमा आइपुगेको छ ।

नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो ।



युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर, जर्मनीबाट उलरिक मुलर, म्याक्सिमिलियन केराह र चेक रिपब्लिकबाट टमस जेचोभस्की छन् ।



युरोपेली सांसदको प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्व, सरकार र नागरिक समाज लगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज