टुकुचाको प्रशोधन प्लान्ट आयोजनाका लागि थप लगानी नगर्ने एडीबीको घोषणा



काठमाडौं । एशियाली विकास बैंकले वागमती खोला बेसिन सुधार आयोजनाअन्तर्गत टुकुचा खोलामा थप लगानी नगर्ने घोषणा गरेको छ ।

वागमती बेसिन सुधार योजनाअन्तर्गत टुकुचा खोलामा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि मात्र सम्झौता भएकाले हाल यहाँ कुनैपनि लगानी थप्ने योजना नरहेको एडीबीको भनाइ छ ।



केही स्थानीयले आफ्नो घर टहरा नभत्काउनका लागि अदालतसम्म पुगेका थिए। अदालतले पनि उक्त घर टहरा नभत्काउन अन्तरिम आदेश जारी गरिकसकेको छ। यही विवाद जारी रहेकै बेला एडीबी लगानीबाट बाहिरिएको हो।



उक्त पत्रमा भनिएको छ ‘एडीबीको लगानीमा सञ्चालित बागमती नदी आधार सुधार आयोजनाअन्तर्गत टुकुचा खोलाको पानी शुद्धीकरण गर्न जडान गर्ने भनिएको प्लान्टको कामका लागि अब थप लगानीको योजना छैन’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज