युक्रेनी राष्ट्रपति जेलेनेस्की भन्छन् – रुसलाई कारबाही गरेमा हजारौँको आत्माले शान्ति पाउने छ



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उनले बताए ।



‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उनले भने ।



यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनुपर्ने राष्ट्रपति जेलेनेस्कीको भनाइ छ । रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले ज्यान गुमाएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज