एनसेलले ल्यायो ‘इण्डिया भ्वाइस प्याक’, यस्ता छन् सुविधा



काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीन वटा नयाँ भ्वाइस प्याक ल्याएको छ ।

यी प्याक शुक्रवार (असोज ०७) गतेदेखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी भ्वाइस प्याकको प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक सुरु गर्न सक्नेछन् ।



एक दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टकटाइम पाउँछन् । त्यस्तै सात दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले दुई सय ४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टकटाइम प्राप्त गर्दछन् ।



आफ्नो आवश्यकताअनुसार बढी समयावधि चाहिने ग्राहकले दुई सय १५ मिनेट टकटाइम रहेको भ्वाइस प्याक करसहित सात सय ४९ रुपैयाँमा सुरु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।

ग्राहकले *१७११*८७# डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकता अनुरूप भ्वाइस प्याक सुरु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी भ्वाइस प्याक सुरु गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज